|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सरकार गठन र पार्टी एकताबारे छलफल भएको छ। 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दुई अध्यक्षबीच पहिलोपटक भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले गरेका पछिल्ला निर्णयबारेमा पनि छलफल भएको बताइएको छ।

काठमाडौंमा भएको भेटमा ओली र प्रचण्डले सरकारले गरेका पछिल्ला निर्णयका विषयमा पनि छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

अधिकारीले भने, 'सामसामयिक राजनीतिक घटनाक्रमबारे दुई अध्यक्षबीच छलफल भएको छ। खासगरी सरकारले पछिल्लो पटक गरेका विवादास्पद निर्णयका बारेमा छलफल भएको हो।' 

भेटका क्रममा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामपछि उत्पन्न परिस्थितलगायतका विषयमा पनि छलफल भएको छ अधिधारीले जानकारी दिए।वाम गठबन्धनले निर्वाचनमा सफलता हासिल गरिसकेपछि भावी राजनीतिक रणनीतिका विषयमा छलफल भएको बताइएको छ।

पछिल्लो विकसित परिस्थितिबारे कसरी टुंगोमा पुग्ने भनेर थप छलफल गर्ने दुबै नेताको निष्कर्ष रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.