मनोरञ्जन

फिल्म 'कृ'को ट्रेलर रिलिज, देखियो अनमोलको भिन्न अवतार (ट्रेलर)
SHARES

मंसिर २९, २०७४

    काठमाडौं: नायक अनमोल केसी अभिनित बहुप्रतीक्षित फिल्म 'कृ'को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

    सार्वजनिक ट्रेलरमा अनमोलको एक्सन अवतार देख्न सकिन्छ। ट्रेलरमा फिल्मकी मुख्य नायिका अदिती बुढाथोकी पनि फिचरिङ छन्। अनमोल र अदितीको रोमान्स अनि बिछोडलाई पनि ट्रेलरमा जोडिएको छ। फिल्ममा खलपात्रको रूपमा रहेका अनुपबिक्रम शाही पनि 'एङ्ग्री' अवतारमा देखिएका छन्।

    ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकार अनमोल केसी, अदिती बुढाथोकी, निर्माताद्वय भुवन केसी र सुवास गिरी, निर्देशक सुरेन्द्र पौडेल उपस्थित थिए। 

    माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको 'कृ'लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। भुवन केसीको 'सुपर काजल फिल्म्स' र सुवास गिरीको 'सुवास इन्टरटेनमेन्ट'को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा कमल गिरी कार्यकारी निर्माताका रूपमा रहेका छन्। फिल्ममा अल्मोडा राना उप्रेती, विशेष पाण्डे र रोदित भण्डारीको संगीत, रेनशा वान्तवा राईको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई निर्देशक पौडेल आफैँले सम्पादन गरेका छन्।

    फिल्म 'ड्रिम्स'पछि लामो समय पर्दामा नदेखिएका अनमोल अभिनित फिल्म भएकाले पनि 'कृ' दर्शकमाझ एकदमै प्रतीक्षित बनिरहेको छ। यसै फिल्मबाट नायिका अदिती बुढाथोकीले पनि फिल्म क्षेत्रमा डेव्यु गर्दै छन्। फिल्ममा अनमोल, अदिती र अनुपका अलावा कामेश्वर चौरसिया, सरोज खनाल, लक्ष्मी गिरी, रूपा राणालगायतको पनि भूमिका रहेको छ।

    हेर्नुहोस् ट्रेलर:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]