|

काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणलाई तिव्रता दिन सरोकारवाला निकायलाई निर्देशन दिएको छ। २०७२ को भूकम्पले क्षति पुगेका सम्पदा पुनर्निर्माण सम्बन्धी हालसम्म भएका कार्यहरुको प्रगतिका विषयमा ललितपुरको पाटन दरवार स्क्वायरमा शुक्रबार सरोकारवाला निकायहरुसँग बसेको बैठकमा प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

प्राधिकरणका सहसचिव प्रकाश थापाले पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणका क्रममा आइपर्ने समस्यालाई तत्काल समाधान गर्ने बताए। उनले पुनर्निर्माणको गतिलाई तिव्रता दिन आग्रह गरे। 'जस्तो सुकै समस्या भएपनि प्राधिकरणले सबै निकायसँग समन्वय गरेर समाधानको उपाय खोज्छ, तर कुनैपनि बहानामा सम्पदा पुनर्निर्माणको काममा ढिलाई नहोस्' थापाले भने।

सरोकारवाला निकायका प्रतिनिधीहरुले सम्पदा पुनर्निर्माणका क्रममा कतिपय स्थानमा काठको अभाव भएको, कालिगढको समस्या रहेको गुनासो गरे।  केही नीतिगत अफ्ठेरा रहेको भन्दै सहजीकरण गरिदिन सरोकारवाला निकायका प्रतिनिधिले प्राधिकरणको ध्यानकर्षण समेत गराएका छन्।

छलफलमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई, पुरातत्व विभाग, गुठी संस्थान, पशुपति क्षेत्र बिकास कोष, काठमाण्डौ उपत्यका संरक्षण कोष, ललितपुर महानगरपालिकाका प्रतिनिधहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.