|

काठमाडौं : आफूलाई क्रान्तिकारी कित्तामा उभ्याउने माओवादी केन्द्रभित्र परिवारवाद हावी हुदै गएको छ। माओवादी केन्द्रका उच्च नेतासमेत आफ्नो परिवारका सदस्यलाई राजनीतिक लाभको पदमा उभ्याउने कसरतमा छन्। यसमा नेताहरु वर्षमान पुन, कृष्णबहादुर महरा, जनार्दन शर्मालगायत लागि परेका छन्। स्थानीय तहको निर्वाचनमा आफ्नी बहिनी मनकुमारी घर्तीलाई रोल्पा नगरपालिकाको उपप्रमुख बनाउन सफल वर्षमान प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट चुनिए।

उनकी अर्की बहिनी लालकुमारी पुन ललितपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन्। उनकी पत्नी ओनसरी घर्ती पनि प्रतिनिधिसभाका लागि समानुपातिक सूचीमा छिन्। यसअघि उनी सभामुख थिइन्। 

स्थानीय तह निर्वाचनमा छोरीज्वाईं पूर्ण केसीलाई रोल्पा नगरपालिकाको प्रमुख बनाएका कृष्णबहादुर महरा यसपटक आफू दाङ २ बाट प्रतिनिधिसभा सदस्य बनेका छन्। रोल्पा प्रदेशसभा क बाट निर्वाचित कुलप्रसाद केसी पत्नी तारा घर्तीलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा पार्न सफल भएका छन्। पूर्व रुकुम ख बाट प्रदेशसभामा निर्वाचित पूर्ण घर्तीकी पत्नी सीता आचार्य प्रदेशसभा सदस्य समानुपातिक सूचीमा छन्। 

पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कमला रोका र माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुन श्रीमान श्रीमती हुन्। पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनार्दन शर्माले आफ्ना भाइ अनिल शर्मालाई काठमाडौं १ बाट प्रतिनिधिसभाका उम्मेदवार बनाएका थिए तर उनले चुनाव जित्न सकेनन्। 

पश्चिम रुकुम ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित गोपाल शर्माका दाइ विशाल चौरजहारी नगरपालिका प्रमुख हुन्। पश्चिम रुकुम क बाट प्रदेशसभा सदस्यमा निर्वाचित रातो कामीकी छोरी गीता नेपाली आठविसकोट नगरपालिकाकी उपप्रमुख छिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.