|

बर्दिवास : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वआउँदै गरेको बा ३६ प २४७९ र पश्चिम जाँदै गरेको ज १० प ७७३२ नम्बरको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्ने माईस्थानमा ठोक्किँदा सिन्धुली, तीनपाटनका २७ वर्षीय जीवन पोखरेलको मृत्यु भएको हो । 

दुर्घटनामा अन्य दुई जना घाइते भएको र उनीहरुलाई बर्दिवासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.