जाजरकोट : कुशे गाउँपालिका–६ छहरागाउँमा घर भत्किँदा शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ। बन्दै गरेको घर भत्किँदा कुशे–३ की ४८ वर्षीया दुर्गा बुढाको मृत्यु भएको हो।
घर भत्किँदा दुर्गाकी नातिनी ६ वर्षीया कल्पना बुढा सामान्य घाइते भएकी छिन्। नातिनीलाई तानेर निकाल्न भ्याएको दुर्गाका श्रीमान् दधिमल बुढाले बताए। श्रीमतीलाई भने बचाउन नसकेको उनले बताए। कुशे गाउँपालिका–३ का उनीहरू वडा नम्बर ६ छहरामा घर बनाउँदै थिए।
घटनास्थल सदरमुकामदेखि १५/१६ कोषको दूरीमा पर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।