|

तनहुँ : रोटरी क्लब अफ दमौलीद्वारा आयोजित निःशुल्क आँखा शिविरमा १५९ जनाको आँखा परीक्षण गरिएको छ। ग्रामीण क्षेत्रमा आर्थिक अभावका कारण आँखामा समस्या लिएर बसेका स्थानीयबासीलाई राहत पु¥याउने उद्देश्यले आँखा शिविर राखिएको क्लवले जनाएको छ।

१५९ सेवाग्राहीमध्ये २० जनालाई मोतिविन्दु भएको रोटरी क्लब अफ दमौलीका प्रथम उपाध्यक्ष एवं आँखा शिविरका संयोजक दामोदर भण्डारीले जानकारी दिए। ती मोतिविन्दु भएका २० सेवाग्राहीको मणिपाल शिक्षण अस्पताल पोखराले निःशुल्क आँखाको शल्यक्रिया गर्ने भण्डारीले बताए।

क्लबले ३५ जना सेवाग्राहीको लागि चस्मा बनाउन अर्डर समेत दिइएको भण्डारीले बताए। करिव ३५ हजारको आँखासम्बन्धी औषधिसमेत वितरण गरिएको बताइएको छ।

मणिपाल शिक्षण अस्पताल पोखराका डा.सतबोध श्रेष्ठ, डा. विनिता थापा र प्राविधिक लक्ष्मण तिमिल्सेनाको टोली स्वास्थ्य परीक्षण गरेको क्लबका अध्यक्ष महेन्द्र न्यौपानेले बताए।

उपचार गराउन आएकी सेवाग्राही ८२ वर्षीया मनमाया गुरुङ्गले भनिन्, ‘आफूलाई मोतिविन्दु भएकोले अन्धकारमा बस्नुपर्ने दुःख लागेको थियो। तर क्लवले आयोजना गरेको आँखा शिविरले अव आँखाको ज्योति सुरक्षित हुने भयो।’ 

रोटरी क्लब अफ दमौलीको आयोजना, रोटर्‍याक्ट क्लब अफ दमौलीको सहआयोजना र मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा शुक्रबार भानु नगरपालिका १२ मिर्लुङ्ग ठूलोढुंगामा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो। क्लबले जिल्लाका विकट र ग्रामीण क्षेत्रको विकास र स्थानीयवासीलाई सुसूचित गर्दै स्वास्थ्य सेवाको सेवा प्रदान गर्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.