|

धादिङ : धादिङको जोगिमारामा शनिबार बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ख४४२० न को बस र विपरीत दिशातर्फ जाँदै गरेको ना४ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोकिएर दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकीको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। 

दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो। अहिले एकातर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.