|

बारा : बाराको निजगढ नगरपालिका-२ सिगौंलमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। घाँस काट्न शनिबार बिहान रुखमा चढ्दा लडेर स्थानीय ४० वर्षीय केशर बहादुर कट्वाली मगरको मृत्यु भएको हो।

बिहान ८ बजे रुखबाट लडेर गम्भीर घाइते भएका मगरको उपचारका लागि निजगढ-९ स्थित समुदायमा आधारित प्रसूति गृहमा उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दीपक रायले जानकारी दिए। शवलाई पोष्ट मास्टमको लागि चन्द्रपुर लागिएको छ।

दुर्घटनामा तीनजना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा शनिबार बिहान भएको सवारी दुर्घटनामा तीनजना घाइते भएका छन्। काकँडभिट्टाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख २०६ नम्बरको यात्रु बस फास्ट ट्रयाक प्रवेशद्वारनजिक पल्टिएको छ। बस पल्टिँदा बसमा सवार तीनजना यात्रु घाइते भएका हुन्।

घाइतेको वीरगञ्जमा उपचार भइरहेको छ। विपरीत दिशाबाट आइरहेको ट्रकले ओभरट्याग गर्न खोज्दा बस पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा राखेको इलाका प्रहरी कार्यालयका प्रमुख दीपक रायले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.