|

काठमाडौं : सरकारले सवारी दुर्घटनामा परी घाइते हुनेको उपचार निशुल्क गर्ने तयारी गरेको छ। स्वास्थ्यमन्त्री दीपक बोहराले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दुर्घटनामा घाइते भएकाहरुले चाँडै र सजिलै गुणस्तरीय उपचार सेवा पाउन् भन्ने उद्देश्य राखेर उपचार सेवा निशुल्क गर्ने तयारी गरेको बताए। 

'नेपालमा हुने आधा जस्तो अल्पायुको मृत्यु, अङ्गभङ्ग सडक दुर्घनाबाट हुने गरेको छ। यस्ता दुर्घटनाबाट घाइते भएकाहरुलाई समयमानै राम्रो उपचार सेवा दिन सकियो भने आधा जतिको ज्यान बचाउन सकिन्छ। त्यसैले हामीले यस्ता घाइतेहरुको उपचार सरकारले नै गर्ने व्यवस्था मिलाउदैछौं' मन्त्री बोहोराले भने।

दुर्घटनामा घाइते हुनेहरुको उपचार खर्चका लागि रकम भने डिजेल र पेट्रोल खरिद गर्दा प्रति लिटर १ रुपैयाँका दरले सवारी साधन धनीबाट लिने व्यवस्था मिलाइने मन्त्री बोहराले बताए। सो प्रस्ताव अब बस्ने मन्त्रिपरिषद बैठकबाट पेश गरी सैद्धान्तिक सहमति लिने र प्रक्रिया अगाडि बढाइनेसमेत मन्त्री बोहराले बताए।

उनले भने 'रोड ट्राफिक हस्पिटल कियर’ कार्यक्रम अन्तर्गत यस्तो उपचारका लागि छुट्टै सामाजिक सुरक्षा कोषको व्यवस्था गरिनेछ, अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट सैद्धान्तिक सहमति लिएपछि काम अगाडि बढ्छ।'

निश्चित ठाउँमा चिकित्सकसहितको मोबाइल रेस्क्यु टोलीको व्यवस्था गरी दुर्घटना भएको जानकारी पाउनासाथ घटनास्थलमै गई सामान्य उपचार गर्ने र थप उपचारका लागि सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाउने मन्त्री बोहराले बताए। अहिलेसम्म दुर्घटनामा पर्नेहरुको उपचार सवारी धनीले तिर्ने व्यवस्था छ।

यस्तै सरकारले क्यान्सर, मिर्गौला रोगको कारण डाइलासिस गरिरहेका र स्पाइनल इन्जुरी भएका बिरामीहरूलाइ जीविकोपार्जन खर्च स्वरूप मासिक पाँच हजार रुपैयाँ खर्च दिने तयारी गरेको मन्त्री बोहराले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.