|

सोलुखुम्बु: विद्युतगृह पहिरोले बगाएपछि सुम्बुखोला लघु जलविद्युत प्रणाली देउसाको प्रसारण बन्द भएको छ। दूधकौसिका गाउँपालिका– ७ मा रहेको उक्त विद्युतगृह पुस १ गते राती पहिरोले बगाएपछि प्रसारण बन्द भएको प्रणालीका मेनेजर चूडामणि केसीले जानकारी दिए। 

विद्युत प्रसारण बन्द हुँदा देउसाका २९७ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत उत्पादनका लागि ल्याइएको पानीको पाइप फुटेपछि पहिरो गएको मेनेजर केसीको भनाइ छ। 

विद्युतगृहमा प्राविधिक बस्ने गरेका थिए तर उक्त समयमा प्राविधिक घर गएको हुँदा मानवीय क्षति भने नभएको उनले जानकारी दिए। केसीले भने, ‘विद्युतगृह सबै बगाएको छ, मेसिनमा सामान्य क्षति पुगेको छ, प्रसारण बन्द छ।’ 

पहिरो व्यवस्थापन र पावर हाउस निर्माणपश्चात् चाँडै विद्युत सुचारु गर्ने गरी काम अगाडि बढाइएको वडा अध्यक्ष राम संघर्ष किराँतीले बताए।

१५ किलोवाट क्षमताको उक्त विद्युतगृह २०६७ सालमा निर्माण सम्पन्न भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.