|
फाइल फोटो

सुनसरी : सुनसरीमा समानुपातिक पद्धतितर्फको मतगणना आइतबार बिहान सकिएको छ। समानुपातिकको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ १ लाख १६ हजार ४ सय २ मत पाएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख १२ हजार ४ सय ३८ मत पाएको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १९ हजार ५ सय ९१ मत पाएको छ। त्यसैगरी संघीय समाजवादी फोरम नेपालले १६ हजार ८ सय २६ र राजपाले ६ हजार ३ सय ७० मत पाएको छ।

विवेकशील साझा पार्टीले ४ हजार ८ सय ६९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २ हजार १ सय ९०, राप्रपाले २ हजार ४ सय १७, राप्रपा प्रजातान्त्रिकले २ हजार ६१ र नयाँ शक्ति पार्टीले १ हजार ४ सय ८६ मत पाएको छ।

त्यसैगरी सुनसरीमा प्रदेशसभा सदस्य निर्वाचन तर्फको समानुपातिकमा नेकपा एमालेले १ लाख ७ हजार ७ सय ९५, कांग्रेसले १ लाख २ हजार २ सय ९४ र माओवादी केन्द्रले २० हजार ७ सय ४७ मत पाएको छ।

संघीय समाजवादी फोरमले १७ हजार ५ सय २६, विवेकशील साझा पार्टीले ४ हजार २ सय ९९, राप्रपाले २ हजार ७ सय ४७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २ हजार ५ सय ९६, राप्रपा प्रजातान्त्रिकले २ हजार ८१ र नयाँ शक्ति पार्टीले १ हजार ७ सय ४० मत पाएको छ।

क्षेत्र नम्बर १ र २ मा एमाले तथा ३ र ४ मा कांग्रेस अगाडि

सुनसरीमा प्रतिनिधिसभा सदस्य तर्फ समानुपातिक मत परिणामका आधारमा क्षेत्र नम्बर १ र २ मा नेकपा एमाले र क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेस पहिलो भएको छ। क्षेत्र नम्बर १ मा एमालेले ३३ हजार ३ सय ९८, नेपाली कांग्रेसले १९ हजार ५ सय ८८  र माओवादी केन्द्रले ६ हजार ८ सय ७५ मत ल्याएको छ।

क्षेत्र नम्बर २ मा एमालेले ३२ हजार ४ सय २, कांग्रेसले ३२ हजार ३ सय ८६ र माओवादी केन्द्रले ५ हजार ५ सय १८ मत ल्याएको छ। क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले ३५ हजार ३ सय ५८, एमालेले ३० हजार ५ सय १३ र  माओवादी केन्द्रको ३ हजार ६ सय ४४ मत पाएको छ।

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले २५ हजार १ सय ६, एमालेले २० हजार ८९ र माओवादी केन्द्रले ३ हजार ५ सय  ५४ मत पाएको छ।

८७ हजार बढी मत बदर

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुनसरीमा कुल ८७ हजार ६ सय ३ मत बदर भएको छ। चार वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य तर्फको निर्वाचनमा ३५ हजार ४ सय ३६ र प्रदेशसभा तर्फ ५२ हजार १ सय ६७ मत बदर भएको छ। सुनसरीमा ४ लाख ७४ हजार ८ सय ३१ मतदाता रहेकोमा ६९. १७ प्रतिशत अर्थात ३ लाख २८ हजार ४ सय २९ मत खसेको थियो।

खसेको मतको ८९. २१ प्रतिशत अर्थात २ लाख ९२ हजार ९ सय ९३ मत सदर भएको थियो। समग्रमा सुनसरीमा प्रतिनिधिसभा सदस्य तर्फ १०.७९ प्रतिशत र प्रदेशसभा तर्फ १५.८९ प्रतिशत मत बदर भएको छ। सुनसरीको औसत बदर मत भने १३. ३४ प्रतिशत रहेको जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.