राजनीति

भावी रणनीति तय गर्न माओवादी केन्द्रीय कार्यालय बैठक बस्दै
SHARES

पुस ३, २०७४

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यलय बैठक बस्दैछ।

    आज ११ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा एमालेसँगको गठबन्धनबाट पार्टीलाई प्राप्त परिणाम, पार्टी एकता र पार्टीको अवस्थाका बारेमा छलफल हुने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

    बैठकमा जनमत आइसकेपछि नयाँ सरकार गठनबारे पनि छलफल हुने भुसालले बताइन्।

    यो बैठकले वाम गठबन्धनले पाएको जनमत र माओवादीलाई प्राप्त भएको परिणाम लगायतको समीक्षा गर्दै भावी रणनीति तय गर्ने बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]