|

भोजपुर : भोजपुरमा निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ८ जना तारिखमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएकामध्ये धेरै जनालाई तारिकमा रिहा गरेको जनाएको छ।

निर्वाचन बिथोल्न भूमिका खेलेको अरोपमा जिल्लाको विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका १० मध्ये ८ जनालाई तारिखमा रिहा गरेको प्रहरीले जनाएको छ। प्रहरीले भोजपुर सदरमुकाम, शिद्धेश्वर छिनामखु, बोयालगायत विभिन्न ठाउँबाट उनिहरुलाई नियन्त्रणमा लिएको थियो।

निर्वाचन मतपरिणाम सार्वजनिक भएसंगै उनिहरु १/१ हजार रुपैयाँ धरौटी तिरेर तारिखमा छुटेका हुन्। पक्राउ परेकामध्ये २ जनाको विषयमा भने मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.