|

काठमाडौं: बंगलादेशमा उत्पादन गरिएको रनर मोटरसाइकल अब नेपाली बजारमा भित्राइएको छ। शनिबार काठमाडौंमा सार्वजनिक गरिएको रनर मोटरसाइकल बिक्रीका लागि रमन मोटर्सले पोखरा, भरतपुर, इटहरी लगायतका देशका विभिन्न जिल्लामा शाखा विस्तार गरेको छ।

रनर मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता रमन मोटर्सले रनर बाइक नेपाली बजारमा भित्राएको हो। बंगलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनरले नेपालमा ७ वटा मोडलका मोटरसाइकल भित्राएको हो। नेपालका लागि आधिकारिक बिक्रेता भने यसले रमान मोटर्सलाई नियुक्त गरेको छ। नेपालमा रनरले ८० सिसि देखि १ सय ५० सिसि सम्मका रनर मोटरसाइकल ल्याएको हो।

देशका सबै प्रमुख शहरहरुबाट एक साथ बिक्री वितरण गर्न थालिएको मो मोटरसलाइकलको औपचारिक बिक्री भने माघबाट मात्रै सुरु गरिने भएको छ। यसको नेपाली बजारमा १ लाख ४८ हजारदेखि २ लाख ५० हजारसम्म मूल्य तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.