|

गोरखा : नेपाली कांग्रेसको सहयोगमा गोरखा- २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मतदातालाई धन्यवाद दिन यतिवेला गोरखामा छन्।

यतिवेला भट्टराई क्षेत्र नं. २ अन्तर्गत पर्ने गोरखा नगरपालिकाका विभिन्न वडाहरुमा मतदातालाई भेटघाट गर्न घरघरै पनि पुगेका छन्। आइतबार गोरखा आएका उनले नगरपालिकाको आहाले, बराह क्षेत्रका मतदातालाई भेटघाट गरीसकेका छन्।

अब बाबुराम गोरखामा एकसाता बस्ने नयाँ शक्ति पार्टी नेपालले जनाएको छ। गोरखा क्षेत्र नं. २ को प्राय सबै क्षेत्रमा पुगेर   मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको नयाँ शक्तिले जनाएको छ।

गोरखाको चिसो मौसममा बिहान सात बजेदेखि नै बाबुराम मतदातालाई धन्यवाद दिन टोलटोलमा पुगेका हुन्। उनी चिसोमा टोपी, ज्याकेट लगाएर हिँडेका छन्। आफू पुगेका टोलका बालबालिकाहरुसँग पनि बाबुरामले गफ गरे। बच्चाहरु बाबुरामसँग झ्याम्मिएका थिए।

‘विगतमा जस्तै यहाँहरुको मतले म विजयी भएको छु। म यसको कदर गर्ने नै छु। आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्ने अवस्था छ।’ भट्टराईसँगै गोरखा क्षेत्र नं. २ प्रदेश (क) मा विजयी भएका नयाँ शक्ति नेपालका नेता हरिशरण आचार्य पनि मतदातालाई धन्यवाद दिन भट्टराईसँगै हिँडेका छन्। भट्टराईले माओवादी नेता नारायणकाजी श्रेष्ठलाई करिब ७ हजार  मतान्तरले हराएका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.