|

तनहूँ:  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताएका छन्। उनले राष्ट्रिय सभा गठन नभएसम्म संसद पूर्ण नहुने  बताउदै पूर्णता पाएपछि मात्रै सरकार छोड्ने बताएका हुन्। 
मतादातालाई धन्यवाद दिनका लागि आइतबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा तनहुँ क्षेत्र नम्बर एकका विभिन्न कार्यक्रममा सहभागि भएका कांग्रेस वरिष्ठ नेता पौडेलले भने ‘नेपाली कांग्रेसले हरेक संक्रमणकाललाई व्यवस्थीत गरेको छ। संविधान कानुन र प्रक्रिया बेगर जथाभावि कांग्रेस जस्तो जिम्मेवार पार्टी मुलुकलाई अलपत्र छोडेर हिड्दैन। त्यसकारण कानुन र विधानमा व्यवस्था भएअनुसार नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कांग्रेस तयार छ। त्यसका लागि संसदले पूर्णता पाउनुपर्‍यो।’

वरिष्ठ नेता पौडेलले आफू स्थानीय तहका जनप्रतिनीधिसंग मिलेर तनहुँको विकासको काम गर्नका लागि सधै तयार रहेको बताउदै तनहुँ र तनहुँ बासीको सेवामा आफ्नो जीवन रहेसम्म जुट्ने प्रतिवद्धता जनाए। उनले भने ‘मेरो राजनीतिमा १५ वर्ष जेल बसाईको उद्देश्य सिंहदवारको अधिकार गाँउ गाँउमा पुर्‍याउने थियो। त्यसको अभ्यास सुरु भएको छ'।
 नेता पौडेलले नेपाली कांग्रेसलाई अब करेक्सन गरेर चुस्त संगठन बनाउन लाग्ने बताए। ‘पार्टीमा करेक्सन आवश्यक छ, अब कांग्रेसमा दुःख पाएकाले न्याय पाउछ पौडेलले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.