फेसबुकबाटै जुट्यो एक लाख

|

बैतडीः बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरू जुटेका छन्। रोजगारीको सिलसिलामा देशबाहिर रहेका बैतडेली युवाहरूले पत्ताल भूमेश्वर क्षेत्रको विकास तथा संरक्षणका लागि आर्थिक संकलन कार्य सुरु गरेका हुन्। 

सुर्नया गाँउपालिका– २ मा रहेको पत्ताल भूमेश्वर क्षेत्रमा नेपालकैै गहिरो मानिएको पत्ताल भूमेश्वर गुफा (अन्तिम विन्दु पत्ता नलागेको) रहेको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाहरूले गत मंसिर १५ गतेदेखि सामाजिक सञ्जाल फेसबुकमा ‘पत्ताल भूमेश्वर युवा जागरण मञ्च प्रवास’ पेजमार्फत आर्थिक संकलन अभियान सुरु गरेका हुन्। 

उक्त अभियानका सहकोषाध्यक्ष वीरवहादुर बिष्टका अनुसार हालसम्म एक लाख एक हजार ६१७ रुपैयाँ संकलन भएको छ। 

पत्ताल भूमेश्वरमा प्रवेशद्वार बन्ने
संकलित रकम पत्ताल भूमेश्वरमा प्रवेशद्वार र अन्य विकासका लागी खर्च गरिने बिष्टले बताए। ‘यो रकमले प्रवेशद्वार निर्माण कार्य यही पुस २० गतेदेखि थालिनेछ’, उनले भने। 

धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सामजिक सञ्जाल फेसबुकमार्फत् अभियान चलाएका प्रवासी युवाहरूले सहयोग गर्न सबैमा अनुरोधसमेत गरेका छन्। प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको सम्बन्धित निकायले संरक्षण गर्न पहल नगरेको भन्दै प्रवासमा रहेका युवाहरू एकजुट भएका हुन्। 

यी हुन् सहयोगी हातहरू 
बैतडीको सुर्नया गाउँपालिका घर भई हाल मलेसियामा कार्यरत तिलक पाण्डेले १० हजार, भारतमा रहेका निशान्त बिष्ट र विनोद बिष्टले जनही आठ आठ हजार, मलेसियमा रहेका पूर्णबहादुर बिष्टले छ हजार २८० रुपैयाँ सहयोग गरेका छन्।

यस्तै, सुर्नया गाउँपालिका घर भई हाल मलेसियामा रहेका महेश पाण्डेयले छ हजार २५०, तिलक चन्दले छ हजार १५१, मानबहादुर बिष्टले पाँच हजार रुपैयाँ सहयोग गरेका छन्। भारतमा रहेका वीरबहादुर बिष्टले छ हजार, नरेन्द्र बिष्टले पाँच हजार र गणेश लावडले पाँच हजार रुपैयाँ सहयोग गरेका बताइएको छ। 
यस्तै, कतारबाट दानबहादुर बिष्टले पाँच हजार ५५५, कृष्णबहादुर बिष्टले पाँच हजार ५५० रुपैयाँ सहयोग गरेका छन् भने साउदी अरेबियाबाट नरेश लावडले पाँच हजार ५०० र मानसिंह खत्रीले मलेसियाबाट पाँच हजार रुपैयाँ सहयोग गरेका छन्। 

भारतमा कार्यरत लोकेन्द्रबहादुर बिष्टले पाँच हजार ६००, जगदीश बिष्टले पाँच हजार, राहुल बाबूले पाँच हजार १२०, मनोज बिष्टले चार हजार, सुरज बिष्टले तीन हजार ३१२ र रामसिंह बिष्टले दुई हजार सहयोग गरेको अभियानका सहकोषाध्यक्ष वीरबहाुदर बिष्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.