|

जुम्ला : जुम्लास्थित तिला गाउँपालिकाकमा दुईवटा वडालाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको छ। तिला गाउँपालिकाको वडा नम्बर–३ को जोगीबाडा र वडा नम्बर ४ को रावतबाडालाई छाउगोठ मुक्त घोषणा गरिएको हो। 

तिला गाउँपालिकाको आयोजना, सर्वोदय नेपाल, क्याड नेपाल र एक्सन वक्र्स नेपाल जुम्लाको आर्थिक सहयोगमा दुबै गाउँ एकै दिनमा छाउ गोठ मुक्त घोषणा गरिएको हो। दुई गाउँलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले घोषणा गरे। वर्षौँदेखि छाउपडी प्रथा पीडित आमा र सम्पूर्ण महिलालाई न्याय दिन घोषणा गरिएको उनले बताए। उनले अब घोषणा अनुसार यसलाई व्यवहारमा लागू गर्न अनुरोध गरे। 

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले धेरै ठूलो काम नभई राज्यले ल्याएको नीति मात्र कार्यान्वयन गरेको बताए। त्यस्तै, उनले यो नमुना कामका लागि आर्थिक सघाएको भन्दै ती संस्थालाई धन्यवाद दिए। उनले सबै सरकारी र गैरसरकारी संस्थालाई गाउँमा केन्द्रित भएर काम गर्न आग्रह गरे।
रावतवाडा गाउँकी अगुवा धनलक्ष्मी धितालले कुसंस्कारबाट गुज्रेका महिलाले छुउपडी प्रथामुक्त घोषणा गरेपछि मुक्ति पाएको बताइन्। 
जोगीबाडा गाउँकी महिला अगुवा कालिका शाही योगीले सुरुका दिनमा गाउँका मान्छेले आफूलाई हेला गरेपनि अहिले आफूले चालेको कदम स्वीकारेको भन्दै खुसी व्यक्त गरिन्। 

दलित सदस्य लालबहादुर सुनारले छाउपडी प्रथामुक्त मात्र नभई सामाजिक भेदभाव मुक्त हुनु पर्नेमा जोड दिए। रावतवाडामा ३५ र जोगीबाडामा ६१ घरधुरी छाउपडी प्रथामुक्त भएको तिला गाउँपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.