|

तनहुँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले राष्ट्रपतिलाई दबाब दिएर राष्ट्रियसभा गठन गर्न रोक लगाउनुभन्दा पद्दति र प्रक्रियाबाट सरकार बनाउन लाग्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएसँगै तनहुँ आएका नेपाली उनले नेकपा एमालेले प्रक्रिया र पद्दतिलाई स्वीकार गर्ने भन्दा पनि राष्ट्रपतिलाई अनावश्यक दबाब दिएर मुलुक चलाउन खोजेको आरोप लगाए।

आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद दिने क्रममा तनुहँका विभिन्न कार्यक्रम रहेका पौडेलले एमालेले मुलुकमा पद्दतिको विकास गर्नेभन्दा सधैँ पद्दतिलाई भत्काउन लागेको टिप्पणी गरे।

उनले भने, ‘लोकतन्त्रमा पद्दति र प्रक्रियाबाट मुलुक चलाउनुपर्छ। पद्दति र प्रक्रियाबाट मुलुक सञ्चालन भएन भने लोकतान्त्रिक सिस्टम पनि भत्कन्छ।’

वरिष्ठ नेता पौडेलले राष्ट्रियसभा भनेको प्रतिनिधिसभाभन्दा बढी जिम्मेवार संस्था भएको उल्लेख गर्दै राष्ट्रियसभालाई नियन्त्रण र सन्तुलनको केन्द्र बनाउनुपर्नेमा जोड दिए। राष्ट्रियसभालाई नियन्त्रण र सन्तुलनको केन्द्र बनाउनका लागि एकल संक्रमणीय मतका आधारमा राष्ट्रियसभाको निर्वाचन भए मात्र सम्भव हुने पौडेलको धारणा थियो।

उनले भने, ‘राष्ट्रियसभा भनेको प्रतिनिधिसभाबाट भएको त्रुटिहरुलाई पनि सच्याउन सक्ने र प्रतिनिधिसभाको असन्तुलनलाई सन्तुलन कायम गर्न सक्ने संस्था बनाउनुपर्छ। बहुमतीय आधारमा निर्वाचन गरेर त्यो सन्तुलन र नियन्त्रण गर्ने संस्था बन्न सक्दैन्।’

नेता पौडेलले दरबारिया र कम्युनिस्ट शक्ति नेपालका लोकतन्त्रका लागि सधैँ अफबसिद्ध भएको भन्दै संसदीय लोकतन्त्र नभएको धेरै मुलुकमा अधिनायकवादको जन्म भएको तर्क गरे। उनले दरवारियार कम्युनिस्टहरुबाट सधँै लोकतन्त्रप्रति घात भएकाले आमनेपालीले सचेत हुनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.