|

जुम्ला : आगामी माघ १ गते (जनवरी १५ तारिख) का दिन जिम्लामा हेरिटेज ट्रेल रेस आयोजना हुने भएको छ। आयोजक कर्णाली स्पोर्ट्स् क्लबले ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस– २०१८’ इभेन्ट आयोजना गर्ने बताइएको हो। यसको प्रायोजन जेआर कर्णाली बोर्डिङ स्कूल जुम्लाले गर्ने भएको छ।

खेलमार्फतको संस्कृति संरक्षण र खेलको प्रबद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए। जुम्लाकै भूमिका दौडेर यहाँका खेलाडीले विदेश गएर जितिसकेको र यो खेल यहाँ पनि हुन सक्छ भन्ने सन्देश दिन ट्रेल रेसको आयोजना गर्न लागिएको उनको भनाइ छ।

अध्यक्ष शाहीका अनुसार माघ १ गते १२ किलोमिटरको रेसमा महिला तथा पुरुष सबै खेलाडीले खुलारुपमा भाग लिन सक्नेछन्। उनले यो खेल सञ्चालन गर्न सवा १ लाख खर्च हुने ५० देखि ६० जना खेलाडीको सहभागिता हुने अनुमान गरिएको जानकारी दिए।

‘ट्रेल रेसमा भाग लिने खेलाडीहरुले चन्दननाथ मन्दिरबाट दौड सुरु गरेर बोहोरा गाउँमा रहेको गणेश मन्दिर, दानसाँघु, आचार्यवाडा माथिको भगवती मन्दिर, भण्डारीवाडा, २४ नं. बाहिनी अड्डा, खोलिकोट भएर मालाभिड मन्दिर र सिंगाचौरमाथिको बौद्ध स्तुपा हुँदै विजयनगर भएर फेरि चन्दननाथ मन्दिरमा पुग्नुपर्ने अध्यक्ष शाहीले बताए।

म्याराथन धावक हरिबहादुर रोकायाले अल्ट्रा म्याराथुन आयोजनाले पनि कर्णालीमा यो इभेन्ट सम्भव छ भन्ने देखाएको जनाए। उनले यो खेलबाट पनि कर्णालीमा अन्य खेलसमेत हुन सक्छन् भन्ने कुरा जानकारी हुने बताए। प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने खेलाडीलाई १० हजार, ७ हजार र ५ हजार नगद तथा मेडल दिने क्लबका सचिव मधुराज न्यौपानेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.