|

काठमाडौंः माधवराज सुमार्गी स्मृति कोषले काठमाडौंस्थित इँट्टाटोलमा रहेको बाल सारथि एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई कम्बल वितरण गरेको छ। 

अनाथ तथा गरिव विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा अध्ययनरत ८५ विद्यार्थीलाई कम्बल वितरण गरेको हो। कोषकी उपाध्यक्ष तथा थाहा मिडिया ग्रुपकी अध्यक्ष अस्मिता सुमार्गीले विद्यालयमा पुगेर कम्बल वितरण गरेकी हुन्।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यसअघि पटक पटक स्मृति कोषले सहयोग गर्दै आएको सुमार्गीले बताइन्। बाल सारथी संस्थाद्वारा सञ्चालित विद्यालयलाई कम्बल वितरण गरेपछि संस्थाकी अध्यक्षसमेत रहेकी सुमार्गीले भनिन्, ‘हामीले यस विद्यालयमा यसअघि पनि पटक पटक विभिन्न किसिमको सहयोग गर्दै आएका छौं।’ कमजोर आर्थिक अवस्थाका विद्यार्थीको जीवन यापन सहज होस् भनेर सहयोग गरेको उल्लेख गर्दै उनले भनिन्, ‘जाडो धेरै बढेको छ, यहाँ अध्ययनरत विद्यार्थीहरूको आर्थिक अवस्था पनि कमजोर छ। त्यसैले यस पटक हामीले कम्बल दिएका हौँ।’

उक्त विद्यालयमा मजदुर तथा पशुपति मन्दिर परिसरमा मागेर दैनिकी चलाउने विद्यार्थीहरू अध्ययन गर्ने गरेको बाल सारथि एकेडेमीकी अध्यक्ष माला खरेलले जानकारी दिइन्। 

हेर्नुहोस् फोटा:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.