|

बागलुङः बागलुङको बडिगाड गाउँपालिका– २ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

गम्भीर घाइते ढोरपाटन नगरपालिका– १ का ३६ वर्षका खगेन्द्र बीसीको उचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए।

अर्का घाइते सोही ठाउँका २७ वर्षका सुरेन्द्र बोहोराको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ। काठमाडौं ल्याउने क्रममा बीसीको उडिरहेको अवस्थामै मृत्यु भएपछि हेलिकप्टर पोखरा अवतरण गरिएको हो। 

बडिगाड गाउँपालिका– २ काँडेरूख नजिकै पिकअप भ्यान र दुई मोटरसाइकल एकै ठाउँमा ठोक्किएर भएको दुर्घटना भएको हो। 

मध्यपहाडी लोकमार्गमा खर्वाङबाट ग्वालीचौरतर्फ जाँदै गरेको ना४च ३६६७ नम्बरको पिकअप भ्यानसँग विपरीत दिशामा जाँदै गरेका ध१प ३२४६ र बा५५प ८०५० नम्बरका मोटरसाइकल ठोक्किएका हुन्। 

बुर्तिवाङबाट बुटवल जाँदै गरेका दुई मोटरसाइकल अगाडि गुडिरहेको यात्रुवाहक बसलाई ओभरटेक गर्ने क्रममा पिकअपसँग ठोक्किएका स्थानीयले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको बागलुङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.