करोडौंको व्यवसाय गर्छन् तर हजार पर्ने आगो निभाउने उपकरण राख्दैनन्

|

हामीसँग घर, भवन,पाटीपौवाजस्ता संरचनामा आगलागी भयो भने नियन्त्रण गर्ने साधन दमकल छ। काठमाडौं राजनधानी भएको हिसाबले र महानगरपालिकाले दमकल सञ्चालन गरेदेखि विभिन्न उपकरण छ र तालिम पनि लिएका छौं। तर, ठ्याक्कै ग्यास बुलेटको आगो निभाउने हिसाबले उपकरण छैन।

गाडी जल्नेदेखि, पेट्रोलको ट्याङकरहरु गम्भीर किसिमले दुर्घटना भयो भने सामान्यरुपमा उद्धार गर्नमात्रैै हामीसँग स्रोतसाधान छ। ज्ञानगुन, स्रोतसाधन र उपकरणले सुरक्षित छौं कि भन्ने लाग्छ। वीगरगंजमा एकैचोटी अगाडि बढ्दाखेरी बुलेटको जानकारी नहुँदादेखि मानवीय क्षति हुनपुगेको खबर पाएका छौं। 

प्रज्वलनशील पदार्थमा लागेको आगो निभाउनका लागि ‘रोड रेस्क्यू’ भन्ने ट्रक छ। त्यसबाट हामीले के गर्छौं भने आगलागी भएको ठाउँमा बल्ने चिजबिजलाई हटाउँछौं। यसमा निभाउने भन्दा पनि छेउछाउका सामान हटाउने हो। हामीसँग रोड ‘रेस्क्यु ट्रक’बाट ट्याङ्करमा भएको पेट्रोलहरु जेनेरेटरबाट तानेर फाल्ने वा कुनै ठाउँमा स्टोर गर्ने प्रविधि छ। यो काठमाडौं महानगरको जुद्धबारुण यन्त्र र एअरपोर्टसँग छ, अन्त छैन। ग्यास भण्डारण गर्ने ठाउँमा, पेट्रोल पम्पहरुमा आफैले पनि ठूलो रुपमा बल्ने आगोलाई निभाउन मात्रै गाह्रो हो। आगो सुरुवात गर्ने ठाउँमा नै निभाउनुपर्छ। ठूलो भयो भने हेलिकोप्टरबाट पनि निभाउन सकिदैन। 

उद्योगले नै वेवास्ता गर्छन्

आगो लाग्छ भन्ने थाहा पाईपाई पनि मान्छेले लापरवाही गरेको देखें। म एउटा पाँचतारे होटेलमा जाँदा देखे कि त्यही ग्यास बलिरहेको छ, तारहरु छताछुल्ल बनाएर यताउता जोडिरहेको छ। यस्तै लापरवाहीका कारणले नै आगलागी हुने हो। आगलागी नियन्त्रणका लागि केही सामानहरु देखावटीका लागि झुण्ड्याएर राखेको हुन्छ तर त्यो कामै नलाग्ने अवस्था पनि मैले देखेको छु। यसलाई समय समयमा राज्यले अनुगमन गर्नुपर्छ र सजग गराउनुपर्छ। यो किसिमिले गर है भन्नुपर्छ। धेरै मान्छेहरु भेला हुने ठाउँहरुमा, जस्तो सिनेमा हलहरु, सिटी सेन्टरहरु अग्ला भवनहरु कलेजहरुमा अनिवार्य रुपमा अग्नि नियन्त्रणका सामानहरु राख्नुपर्छ। अनुगमन पनि हुनुपर्छ। 

आगलागी आफैबाट नियन्त्रण गर्नुपर्छ भन्ने चेतनाको कमी छ। केही समय पहिले पाटन औद्योगिक क्षेत्रमा आगलागी भयो। पूर्ण कार्भिङ,काष्ठ कार्भिङ र पञ्जकन्या उद्योगले त्यत्रो करोडौं अरबौं रुपैयाँ  लगानी गरेको छ। त्यत्रो कारखाना बनाएको छ। लाखौं करोडौंको सामानभित्र राखेको छ तर हजारमा आउने ‘फायर एस्टिङ्गुइसर (आगो निभाउने मेसिन )’पनि राखेको पाइन। राज्यको टाउकोमा हालेर, बारुण यन्त्रको टाउकोमा हालेर म बच्छु भनेर अग्नि नियण्त्रण गर्न गाह्रै हुन्छ। झिल्का निभाउनका लागि हामीले ‘फू’ गर्दा  पनि हुन्छ। झिल्का सल्किसकेपछि त्यो आँकलन गर्न सकिदैन।  

रेडियो थाहासञ्चारका हिम विष्टसँग कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.