|
फोटोः दीपक केसी/थाहाखबर

काठमाडौं :  देशभरका हिन्दू धर्माबलम्बीहरुले बिहीबार आज कुशेऔसी अर्थात बुबाको मुख हेर्ने दिनका रुपमा मनाइरहेका छन्। 

कुशे औंशीका दिन घरघरमा कुश भित्र्याइने छ। कुशे औशीमा राखिएको कुश वर्षभरि विधि गर्न हुने, अरु औशीका दिन राखिए एक महिनासम्म र अरु समयमा ल्याएको कुश एक दिनमात्र प्रयोग गर्न सकिने धार्मिक मान्यता छ। 

कुशे औशीका दिन बुबाको मुख पनि हेरिन्छ। छोराछोरीहरुले आफ्ना बाबुलाई मिष्ठान्न भोजन गराउन र उपहार दिने गर्दछन्। त्यसपछि बुबाबाट छोराछोरीले आशिर्वाद ग्रहण गर्ने परम्परा छ। बुबा दिवंगत भइसकेका छोराछोरीहरुले भने आफ्ना पुरोहित वा कुनै ब्राह्मणलाई दिवंगत बुबाको नाममा सिदा दान गर्दछन्। मानिसले जन्म लिएपछि पितृ ऋण, ऋषिऋण र देवऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ। 

आजका दिन काठमाडौंको गोकर्णस्थित बागमतीको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई आ-आफ्ना दिवंगत बुबाको नाममा पितृ तर्पण गर्ने चलन छ। बिहीबार बिहानैदेखि त्यहाँ श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.