|

पाल्पा : गाउँबाटै नियमित जिप छुट्न थालेपछि रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ भुटुक्दीका स्थानीय दंग परेका छन्। सिद्देश्वरको भुटुक्दीबाट गुल्मी, पाल्पा र स्याङजाको संगम स्थल रिडीस्थीत तम्घार–तानसेन सडकखण्डसम्म नियमित जिप सञ्चालन हुन थालेको छ।

विगत डेढ वर्षदेखि गाउँमा मोटर बाटो पुगे पनि गाडी भने सञ्चालनमा आएका थिएनन्। गाडी चढ्नका लागि झण्डै एक घण्टा हिँड्नुपर्ने बाध्यता थियो। जिल्ला सदरमुकाम तानसेनबाट झण्डै ५० किलोमिटर पश्चिम पर्ने विकट गाउँ भुटुक्दीका स्थानीयलाई अब हिड्नुपर्ने बाध्यता टरेको स्थानीय लक्ष्मी ज्ञवालीले बताइन्।

'छर-छिमेकमै मोटर बाटो भएपनि गाडी चढ्न एक घण्टा हिड्नुपर्थ्यो,' स्थानीय हरिबहादुर कुमालले भने, 'अब त्यो बाध्यता टरेको छ।'

गुल्मी यातायात व्यवसायी समितिले यो सेवा दिएको हो। कुमाल र मगर समुदायको बसोबास रहेको यहाँका स्थानीयलाई गाउँबाट नै नियमित जिप सञ्चालन भएपछि दैनिकीमा समेत राहत मिलेको स्थानीय तथा सञ्चारकर्मी सन्तोष ज्ञवालीले बताए।

उनका अनुसार यहाँका स्थानीय दैनिक बजार गर्न हिडेर रिडी जानुपर्ने बाध्यता थियो अब भने बजार गर्नका लागि मात्र नभई तानसेन, बुटवल, काठमाडौं जानलाई समेत सहजता मिलेको छ। गुल्मी यातायात व्यवसायी समितिद्धारा भुटुक्दीबाट रिडीका लागि दैनिक बिहान साढे नौ बजे जिप छुट्ने छ भने रिडीबाट भुटुक्दीका लागि दिउँसो तीन बजे छुट्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.