|

पाँचथर : फाल्गुनन्द गोल्डकपको नवौँ संस्करण शुक्रबारबाट सुरु हुँदैछ। फिदिम माविको खेलमैदानमा दिउँसो साढे २ बजे हुने उद्घाटन खेलमा डिभाइन ब्वाइज युनियन काठमाडौं र सुनसरी– ११ बीच प्रतिष्पर्धा हुनेछ।

शुक्रबार एक खेल मात्रै हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले जानकारी दिए। प्रतियोगितामा बिर्ता युनाइटेड क्लब झापा–११, मोरङ–११, हिमालयन शेर्पा, रुपन्देही–११, एपिएफ काठमाडौं, आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथर र कर्र्णसिहं–सोनाम स्मृति मेमोरियल क्लब ताप्लेजुङको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उप–विजेताले २ लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र उदाउदो खेलाडीलाई नगद १० हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार दिने पनि महासचिव तामाङले बताए।

उनका अनुसार प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई भने २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको अनुमानित लागत ३८ लाख ६० हजार ९ सय रुपैयाँ रहेको छ। प्रतियोगितालाई फिदिम नगरपालिकाले ५ लाख र मुख्य प्रायोजकको रुपमा रुस्लान भोड्काले ४ लाख २५ हजार प्रायोजन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.