|

ओखलढुंगा : ओखलढुंगामा निर्माण सुरु गरेको खोटाङको बुइपादेखि ओखलढुंगा सम्मको ३३ केभी प्रसारण लाइनको सवस्टेसन निर्माण सम्पन्न भएको छ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित गोरुमारे भञ्ज्याङमा निर्माण सुरु गरेको १३ वर्षपछि विद्युत् सवस्टेसन निर्माण कार्य पूरा भएको हो। निमार्ण कार्य पूरा भइसकेको सवस्टेसनमा परीक्षणका लागि ३३ केभी विद्युत् लाइनको चार्जिङ सुरु भएको छ।

सवस्टेसनलाई अझै केही दिन परीक्षणकै रुपमा चार्जमा राखिने र केही दिनपछिबाट सवस्टेसनमार्फत विद्युत् नियमित सञ्चालन हुने बुइपा ओखलढुंगा ३३ केभी प्रसारण लाइन आयोजनाका प्रमुख चन्द्रवीर खड्काले जानकारी दिए।

सवस्टेसन निर्माणको काम हुलास स्टिल कम्पनीले ठेक्का लिएको थियो। तर, हुलासले पनि सव–कन्ट्रयाक्टरको रुपमा एन्जिला कन्सट्रक्सनलाई जिम्मा लगाएपछि निर्माण कार्यमा ढिलाइ भएको थियो।

सवस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै जिल्लाकै पहिलो ७ मेगावाट क्षमताको मोलुङ जलविद्युत् आयोजना पनि सञ्चालन ल्याउने तयारी गरिँदै छ। अहिले परीक्षण प्रसारणमा रहेको मोलुङ जलविद्युत् आयोजनाको समेत परीक्षण प्रसारण सफल भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.