|

दाङ : सरकारी टोलीले दाङ जिल्लालाई ५ नम्बर प्रदेशको राजधानीको सम्भाव्यता अध्ययन सुरु गरेको छ। राजधानीको सम्भाव्यत अध्ययन र भौतिक पूर्वाधारको निरीक्षण गर्न सरकारी टोली बिहीबार दाङ आएको छ।

यतिवेला प्रदेश नम्बर ५ को राजधानी दाङ जिल्ला बन्ने नबन्ने निकै चर्चा छ। दाङ सबै दृष्टिकोणबाट उपयुक्त जिल्ला भएको दाबी गरिएको छ भने अन्य जिल्लाले पनि दाङको विकल्पमा प्रदेश राजधानी बनाउने बारेमा विकल्प प्रस्तुत गरेका छन्।

राजधानीको चर्चामा रहको दाङमा सरकारी टोली लमही हुँदै दाङका विभिन्न स्थानमा स्थलगत निरीक्षणका लागि आएको हो। केही दिन अगाडि सरकारी टोली बुटवलमा सम्भाव्यता अध्ययनका लागि गएको थियो। सम्भाव्यता अध्ययनकै क्रममा दाङ आएको टोलीले लमहीमा रहेका विभिन्न भौतिक पूर्वाधारहरुको अवलोकन गरेको छ।

क्षेत्रीय प्रशासक सुर्खेतका प्रमुख सुरेश प्रधानसहितको नेतृत्वमा रहेको टोलीले सरकारको निर्देशनपछि दाङ लमही, बेलुझुण्डी र घोराहीका सम्भाबित स्थल र भवनहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेको प्रशासक प्रमुख प्रधानले जानकारी दिए।

प्रधानका अनुसार प्रदेशसभा, सभाको प्रमुख, उपप्रमुखको कार्यालय तथा आवास र सुरक्षालगायत अन्य कुरामा आफूहरुले अनुगमन  गरेको र भोलिसम्म यहाँको रिपोर्ट पठाउने प्रधानले बताए।

सरकार प्रदेश प्रमुख र राजधानी तोक्ने अन्तिम तयारीमा जुटेको छ। सरकारले राजधानी तोक्न अन्तिम तयारी गरिरहेको वेला सरकारी टोटी राजधानीको सम्भाव्यता अध्ययन गर्न यहाँ आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ। लमहीमा सञ्चारकर्मीसँग कुरा गर्दै क्षेत्रीय प्रशासकको नेतृत्वमा रहेको टोलीले ५ नम्बर प्रदेशको राजधानीका लागि दाङ उपयुक्त रहेको र यसका लागि सरकारले आफ्नो तयारी गरिरहेको प्रतिक्रिया दिएको थियो।

टोलीमा जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, सहरी भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख सहितका कर्मचारीहरुको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.