|

सिरहा : मालपोत कार्यालयमा बम विस्फोट भएको छ।

दिउँसो २ बजे भएको विस्फोटमा परेर तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

'प्रमुख जिल्ला अधिकारीको सरकारी निवाससँगै जोडिएको मालपोत कार्यालयमा विस्फोट भएको हो', जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजन भेटवालले भने, 'तीन जना सामान्य घाइते भएका छन्।'

घाइते हुनेमा रोशनकुमार पासवान, राजकुमार पासवान र पवन पासवान रहेको बताइएको छ।

प्रहरीका अनुसार घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ।

मालपोत कार्यालय प्रमुखको कार्यकक्ष बाहिर भएको विस्फोट कुकर बम भएको प्रहरीको अनुमान छ। विस्फोटबाट पर्खालमा क्षति पुगेको छ। विस्फोट कसले गराएको र किन गराएको भन्नेबारे प्रहरीले अनुसन्धान थालेको प्रवक्ता भेटवालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.