|

  • मनोज भट्टराई-

ओखलढुंगाः ओखलढुंगाको आकाशमा एक्कासि के उड्यो भनेर देख्नेहरू छक्क परे। सदरमुकाम सिद्धिचरण नगरपालिका वडा नं.– ४ रुम्जाटारको आकाशबाट सोमबार बिहान एक्कासि आकाशबाट छाता जस्तो चिजबाट दुई युवा झरे। स्थानीय अचम्म मान्दै ती युवाहरूलाई हेर्न नजिकै पुगे। उनीहरू थिए बिग स्माइल प्याराग्लाइडिङ नेपालका सिनियर पाइलट सागर क्षेत्री र स्थानीय युवा जिन्दल श्रेष्ठ।

दुई युवाले सिद्धिचरण नगरपालिकाभित्रै पर्ने देउराली डा“डाबाट प्याराग्लाइडिङ गरेका थिए। पर्यटकीय रूपले समेत सुन्दर रुम्जाटारमा पर्यटक भित्र्याउने खासै काम हुन सकेको छैन। यही विषयलाई ध्यान दिएर परीक्षणको रूपमा प्याराग्लाइडिङ गरिएको थियो।

‘प्याराग्लाइडिङका लागि कत्तिको सम्भावना छ भनेर आज परीक्षण उडान गरिएको हो’, प्याराग्लाइडिङ पाइलट सागर क्षेत्रीले भने, ‘यहा“को मौसम, हावाको बेग र प्याराग्लाइडिङका लागि आवश्यक दूरी सबै उपयुक्त रहेछ। यहा“ व्यावसायिक प्याराग्लाइडिङको सम्भावना प्रचुर देखियो।’

प्याराग्लाइडिङलाई व्यावसायिक बनाउनसमेत स्थानीय युवाहरूले पहल गरिरहेको जिन्दल श्रेष्ठले बताए। ‘यसलाई व्यावसायिक बनाउने र पर्यटक भित्र्याउने उद्देश्यले हामीले काम थालेका छौ“’, श्रेष्ठले भने, ‘आन्तरिक र बाह्य पर्यटक दुवै भित्र्याउन सकिने सम्भावना छ। त्यसका लागि आवश्यक पूर्वाधारहरू पहिले निर्माण गर्नुपर्ने देखिन्छ।’

त्यसो त जिल्लामा प्याराग्लाइडिङ गरिएको यो नै पहिलो भने होइन। यसअघि पनि विभिन्न स्थानहरूमा परीक्षण गरिएका थिए। तर कतै पनि व्यावसायिक रूपमा भने सुरुवात गरिएको छैन। भौगोलिक दृष्टिकोणले पनि देउरालीदेखि रुम्जाटार सबैभन्दा उपयुक्त हुनसक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.