|

जुम्ला : जिल्लाका क्रियाशील सबै दलका प्रतिनिधिहरूले प्रदेश ६ को राजधानी कर्णालीअन्तर्गतका जिल्लामा हुनुपर्ने बनाउन माग गरेका छन्। उनीहरुले संविधानले तोकेको पहिचानको ५ र सामर्थ्यको ४ आधार  भएकाले प्रदेश ६ को राजधानी कर्णालीमा हुनुपर्ने बताएका हुन्।

नेपाल पत्रकार महासंघ र नागरिक समाजले आयोजना गरेको ‘कर्णाली ६ नम्बर प्रदेश र राजधानी’ विषयक छलफलमा पूर्वसांसद देवीलाल थापाले हरेक दृष्टिले यो प्रदेशका राजधानी कर्णालीको जुम्ला उपयुक्त हुँदाहुँदै पनि अहिले सुर्खेतलाई अस्थायी राजधानी बनाएको भन्दै अापत्ति जनाए। एमाले जुम्लाका प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरीले कर्णाली राजधानीको मुद्दाले पूर्णता पाउनुपर्ने विचार राखे। 

एमालेका जिल्ला उपाध्यक्ष नन्दराम रोकायले आन्दोलन नगरी कर्णालीले राजधान पाउन नसक्ने बताए। राज्यले अहिले पनि अपमान गरको उनले दोष लगाए। कांग्रेसका प्रतिनिधि लक्ष्मण शाहीले राज्यले कर्णालीलाई दोषी चश्माले हेरेको अारोप लगाए। उनले राजधानीका लागि जुम्ला उपयुक्त हुँदा पनि जुम्लाको मतलब नगरी सुर्खेतलाई अस्थायी राजधानी तोक्नु  गलत भएको बताए।

माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष भवानी अधिकारीले कर्णालीको आन्दोलनको फाइदा सुर्खेतले उठाउन खोजे प्रतिकुल परिणाम आउने चेतावनी दिए। तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले पहिचान र सामर्थ्यका अाधारमा कर्णालीलाई राजधानी बनाउनेमा कसैको विमति हुनु नपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.