|

रामेछाप : यस वर्षदेखि सुरु गरिएको जगदिश घिमिरे स्मृति पुरस्कार आख्यानकार मनु ब्राजाकीलाई प्रदान गरिएको छ। ५१ हजार रुपैयाँ राशीको सो पुरस्कार शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा जगदिश घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष दूर्गा घिमिरे र मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले उक्त पुरस्कार साहित्यकार नगेन्द्रराज शर्मालाई हस्तान्तरण गरे।

आख्यानकार मनु ब्राजाकी अस्वस्थ भई पाटन अस्पतालमा उपचार गराइरहेकाले उक्त पुरस्कार नगेन्द्रराज शर्मामार्फत प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। जगदिश घिमिरे स्मृति प्रतिष्ठानले शनिबार चौथो साहित्यिक सभामा ‘जगदिश घिमिरे स्मृति पुरस्कार’ स्थापनाको घोषणा गरेको हो। सो कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरुबीच वक्तृत्वकला गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.