|

पाँचथर : पाँचथरको फिदिममा जारी नवौं फाल्गुनन्द गोल्डकप अन्तरगत शनिबार भएको खेलमा विर्ता युनाइटेड झापा–११ विजयी भएको छ। डिफेन्डिङ च्याम्पियन झापाले टाइब्रेकरमा मिसन युनाइटेड ताप्लेजुङलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो।

झापाका लागि कर्ण लिम्बु, सुमिन मैनाली, बिकी चौधरी र दिलेन लोक्तामले गोल गर्दा ताप्लेजुङका विकेश लिम्बु र विकास राईले मात्रै गोल गर्न सके। ताप्लेजुङका तेञ्जिङ लामा र युवराज लिम्बुले प्रहार गरेको बल भने झापाका गोल रक्षक विशाल मुखियाले उत्कृष्ट बचाउ गरे। त्यसअघि खेल १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

खेलको ४ मिनेटमै झापालाई आशिष चापागाईले ताप्लेजुङ विरुद्ध गोल गरेर अग्रता दिलाएका थिए। तर १३ औँ मिनेटमा ताप्लेजुङका विकेश लिम्बुले गोल गर्दै टिमलाई बराबरीमा ल्याए। गोल्डकप अन्तरगत आइतबार दिउँसो १ बजे सुनसरी ११ र एपीएफ काठमाडौंबीच खेल हुनेछ। सुनसरीले भने शुक्रबार ब्वाइज युनियन क्लव काठमाडौंलाई पराजित गर्‍यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.