|

काठमाडौंः विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको संस्था परिचय तथा कवितावाचन कार्यक्रम सम्पन्न भएको छ।

विश्वभरिका साहित्यलाई नेपालमा प्रवेश गराउने र नेपाली साहित्यलाई विश्वमा फैलाउनुपर्ने धारणा व्यक्त गर्दै युयुत्सु आरडी शर्माले अंग्रेजी भाषाको कविता वाचन गरे। कार्यक्रममा नेपाली, अंग्रेजी र हिन्दी भाषाका कविता, गीत, मुक्तक वाचन गरिएको थियो। 

नेपालमा धेरै साहित्यिक संस्था स्थापना भएका तर ती संस्थाले गति लिन नसकेको बताउँदै विश्व नेपाली साहित्य महासंघ त्यो वर्गमा नपर्ने अपेक्षा गरिएको शैलेन्दुप्रकाश नेपालले बताए।

नेपाली भाषा र साहित्यको उत्थान गर्नका लागि यो संस्था उपयुक्त रहेको बताउँदै प्रमुख अतिथि साकारले संस्थाको सफलताको कामना गरे। साकारले पहिलो कार्यक्रमा नै उत्साहपूर्ण सहभागिता हुनु नै संस्थाको सफलता भएको बताए। 

विश्व साहित्यमा नेपाली साहित्यलाई स्थापित गर्ने मूल ध्येय रहेको नेपाल शाखाका अध्यक्ष मणिराज सिंहले बताए। विश्वका १७ देशमा विश्व नेपाली साहित्य महासंघका शाखा रहेको र यसको अझै प्रभावकारिता बढ्दै गएको जानकारी सिंहले दिए। 

कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल, डा. युयुत्सु आरडी शर्मा र डा. राधेश्याम ठाकुरलगायतको उपस्थिति थियो।
कार्यक्रममा कमला रिसाल ‘ज्योति’, विद्या सापकोटा, महेशप्रसाद रिजाल, बाबुकाजी सिलवाल, संगीता ठाकुर, हरि कार्की, दुर्गा थापा, लक्ष्मी थापालगायतका कविहरूले आफ्नो रचना वाचन गरेका थिए। 

अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएकी साहित्यकार प्रेमा शाहको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना पनि कार्यक्रममा गरियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.