|

  • जङ्ग तामाङ-

पाँचथरः विभागीय टिम एपीएफलाई पराजित गर्दै सुनसरी– ११ पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेल मैदानमा आज भएको खेलमा एपीएफविरुद्ध सुनसरीले ३ गोल गर्‍यो। 

सुनसरीको सहज जीतमा फ्रि किकमार्फत् हेमन्त थापा मगरले २७औँ र ३४औँ मिनेटमा गरी २ गोल गरे। खेलको ४६औँ मिनेटमा तीर्थ बस्नेतले थप एक गोल गर्दै सुनसरीको जीत सुनिश्चित गरे। पराजयसँगै उपाधि दाबेदारको रूपमा हेरिएको एपीएफको फाल्गुनन्द गोल्डकपको यात्रा टुंगिएको छ। 

सुनसरीले भने यसअघि व्वाइज युनियन क्लब काठमाडौंलाई पनि ३–० गोल अन्तरले नै पराजित गरेको थियो। अब भोलि भने आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथर र विर्ता युनाइटेड क्लब झापा– ११ बीच खेल हुनेछ। झापाले शनिबार मिसन युनाइटेड क्लब ताप्लेजुङलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.