|

काठमाडौं: पत्रकार प्रकाश समीरलाई क्रियाशील पत्रकारिता सम्मान २०७४ प्रदान गरिएको छ।

राष्ट्रिय सुनचाँदी व्यवसायी म‌ंचले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा पत्रकार समीरलाई सम्मानित गरेको हो। कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले खादा तथा सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

मंचले पत्रकार विनोद विश्वकर्माका साथै उत्कृष्ट चार कालीगढ कमल बराइली, श्रीप्रसाद लकान्द्री, गोपाल बराइली र कृष्ण दियालीलाई पनि सम्मान गरेको छ। मञ्चलाई निरन्तर सहयोग गर्ने दीपक राई, सन्तोष खड्का, मनोहर साह, शिवशंकर शर्मालाई पनि सम्मान गरिएको मंचले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.