|

अछाम : अछामको विनायक बजारमा गएराति आगलागी भएको छ। आगलागीबाट बजारमा रहेको समीक्षा एण्ड सम्बेग पसलको गोदाममा रहेको सबै सामान जलेर नस्ट भएको छ भने संगै रहेको एउटा मासु पसलमासमेत क्षति भएको प्रहरीले जनाएको छ।

गएराति करिब १ बजेबाट लागेको आगो बिहान ५ बजे इलाका प्रहरी कार्यालय विनायक र स्थानीयहरुको सक्रियतामा नियन्त्रणमा लिइकएको थियो। आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको पीडित पक्षले जनाएको छ।

नियोजित ढंगले आफ्नो पसलमा आगजनी गरिएको उक्त पसलका प्रोपाराइटर भीम नेपालीले दाबी गरे। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.