|

जुम्ला : कर्णाली स्वायत्त प्रदेशको माग गर्दै २०७२ मा भएको आन्दोलनमा ज्यान गुमाएका हरिबहादुर कुँवरको जुम्लामा सालिक निर्माण गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा सोमबार बसेको सर्बदलीय बैठकले सालिक निर्माण गर्ने निर्णय गरेको हो।

प्रशासन कार्यालय अगाडिको १० मिटर जग्गामा सालिक निर्माण गर्ने निर्णय बैठकले गरेको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापाले जानकारी दिए। कर्णालीको पहिलो सहिदको रुपमा जुम्लामा हरिबहादुरको सालिक निर्माण गर्ने र पछि प्रदेशसभाबाट प्रदेश नम्बर ६ को सहिद घोषणा गर्न प्रस्ताव गर्ने निर्णय पनि भएको बुढथापाले बताए।

सालिक ६ फिट अग्लो र कलात्मक बनयने हरिबहादुर कुँवर स्मृति प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुँवरले जानकारी दिए।

बैठकमा नेकपा एमालेका प्रतिनिधि रतनबहादुर रोकाया, नेपाली कांग्रेसका जिल्ला सचिव कर्णबहादुर शाही, माओवादी केन्द्रका प्रतिनिधि राजबहादुर भण्डारी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य बलिराज शाही, सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक बलामीलगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.