|

इलाम : जिल्लाको देउमाइ नगरपालिका–६ फुटुकमा आगलागी हुँदा घर र पसल जलेको छ। स्थानीय डेविड साउदेनको घरमा सोमबार विहान सवा ११ बजे विद्युत सर्ट भइ आगलागी हुँदा टिनको छानो भएको दुईतले घर र पसल जल्नु साथै घरमा डेरा गरी बस्ने देवी नेपालको पसल तथा खाद्यान्न, भाडावर्तन पूर्ण रुपमा जलेको छ।

आगलागीबाट साउदेनको अन्दाजी ३० लाख र नेपालको ९ लाख ६० हजार रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगो स्थानीय वासिन्दाको सहयोगमा दिउँसो सवा १२ बजे नियन्त्रणमा लिइएको  इलामका प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले जानकारी दिए। आगलागी भएको स्थान इलाका प्रहरी कार्यालय मंगलबारेबाट १५ किलोमिटर दक्षिण पूर्णमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.