|

  • जङ्ग तामाङ-

पाँचथरः डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेड क्लव झापा–११ पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

घरेलु मैदानमा आयोजक फिदिम स्पोर्टिङ क्लव पाँचथरलाई झापा– ११ ले १ का विरुद्ध ७ गोल गर्‍यो। झापाका लागि विशाल राईले ५औँ, १७औँ र ३५औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे। 

खेलको १९औँ र २९औँ मिनेटमा कर्ण लिम्बू तथा ६६औँ मिनेटमा नरेन लिम्बू र ६८औँ मिनेटमा हिसुव थपलियाले गोल गरे। घरेलु मैदानमा लज्जास्पद पराजय व्यहोरेको फिदिम स्पोर्टिङ क्लव पाँचथरका लागि भने खेलको १२औँ मिनेटमा मनीष थापाले सान्त्वना गोल गरे। 

पराजयसँगै फिदिम स्पोर्टिङ क्लव प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगितामा म्यान अफ द म्याच झापाका विशाल राई भए। उनले नगद १० हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र पनि पाए। 

झापाले यसअघि मिसन युनाइटेड क्लव ताप्लेजुङलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको थियो। प्रतियोगिताअन्तर्गत भोलि मंगलबार भने भारतको युके फुटबल क्लव दार्जिलिङ र अग्नि रूपन्देही ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। 

यसअघि नै सुनसरी– ११ भने विभागीय टिम एपीएफलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको विजेताले नगद तीन लाख र उपविजेताले दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिता १६ पुसमा सम्पन्न हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.