|

हुम्ला : कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट खण्ड छोटिँदै गएको छ। ९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर सडकमा ट्रयाक खुलेपछि गाडी आउजाउ गर्न थालेका छन्।

सडक आयोजना प्रमुख विजयकुमार थापाका अनुसार तुम्कोटस्थित कर्णाली नदीमा यो वर्ष ‘बेलिब्रिज’ निर्माण भएपछि हिल्सादेखि ओखरथलासम्म गाडी चल्न सहज भएको हो। ओखरथलामा गत वर्षमै ट्रयाक खुलिसकेको थियो। यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किलोामिटर मात्र गाडी गुड्ने गरेका थिए। अब ९ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको थापाको दाबी छ।

हिल्सादेखि ओखरथलासम्म सडक खुलेपछि स्थानीय बासिन्दाका आधा दर्जन गाडी गुड्ने गरेको छ। ‘अहिले आधा दर्जन गाडी गुड्न थालेका छन्’ स्थानीय ठेकेदार सुनाम लामाले भने, ‘हिउँ परेर बाटोमा अवरोध नहुञ्जेल तिब्बत आवतजावत गर्न सकिने अवस्था छ।’ सिमकोटदेखि दुई दिनमै तिब्बतको ताक्लाकोट बजार पुग्न सकिने भएकाले यहाँका बासिन्दालाई सामान ल्याउन सहज भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.