|

बागलुङ : साउदी अरबमा सवारी दुर्घटनामा ज्यान गुमाएका यहाँका एक युवकको अन्त्येष्टि डेढ महिनापछि गरिएको छ। ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ शेराका २४ वर्षीय राजन महतको शव सोमबार आइपुगेपछि अन्तिम संस्कार गरिएको स्थानीय छविलाल पाण्डेले जानकारी दिए।  

गत कात्तिक २७ गते साउदी स्थित वाडिवासर भन्ने ठाउँमा सडक दुर्घटनामा मृत्यु भएको थियो। मृत्यु भएको ४३ दिनपछि शव नेपाल ल्याएर अन्तिम संस्कार गरिएको हो । ‘विदेशमा बितेपछि विभिन्न झण्झट र रकम अभावले शव ल्याउनसमेत डेढ महिना लाग्यो,’ पाण्डेले भने, ‘साउदीमा रहेका नेपाली र त्यहाँको दूतावासको पहलमा बल्ल शव आएपछि अन्तिम संस्कार गरिएको हो ।’

रोजगारीको सिलसिलामा ८ महिनाअघि साउदी पुगेका महत जायत अलहुसाइन कम्पनीमा सवारी चालक थिए। राति कम्पनीको सामान बजारसम्म पुर्‍याएर फर्किएका उनी  बाटो बिर्सेर अलमलिएपछि गाडी रोकेर सडकमा ओर्लिएका थिए। यस क्रममा विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.