|

गौशाला : शीतलहर र चिसो हावाका कारण महोत्तरीलगायत तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। ११\१२ दिनदेखि निरन्तर हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ। 

चिसोकै कारण अहिले महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन्। 

असह्य जाडो भइरहेको बेला महोत्तरीमा बिरामीको संख्या बढ्दै गइरहेको जिल्लास्थित विभिन्न स्वास्थ्य संस्थाले जानकारी गराएका छन्। जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्री बढेको छ भने चिसोकै कारण जिल्लाका हाट बजारमा मानिसको उपस्थिति न्यून भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.