|

  • जङ्ग तामाङ-

पाँचथरः अग्नि रूपन्देही– ११ पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा पाहुना टोली युके फुटबल क्लव दार्जिलिङ भारतलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

रूपन्देही–११ ले युएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। रूपन्देहीका लागि सुनिल खड्काले खेलको १९औँ मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए। रूपन्देहीकै रजिन सुब्बाले २९औँ र ६३औँ मिनेटमा युएफसीविरुद्ध थप गोल गर्दै टिमको जीत सुनिश्चित गराए। युएफसीका लागि भने प्रशान्त गुरुङले खेलको ३५औँ मिनेटमा सान्त्वना गोल फर्काए। खेलको म्यान अफ द म्याच रूपन्देहीका डिफेन्डर छिरिङ गुरुङ घोषित भए। 

बुधबार क्वार्टर फाइनलको अन्तिम खेल त्रिभुवन आर्मी र मोरङ– ११ बीच हुनेछ। यसअघि प्रतियोगितामा सुनसरी– ११ र विर्ता युनाइटेड क्लव झापा– ११ सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.