|
प्रतिकात्मक तस्बिर

सिन्धुपाल्चोक : आफ्नै ५ वर्षीय भतिजीलाई फकाएर बलात्कार गर्ने एक व्यक्तिलाई जिल्ला अदालत सिन्धुपाल्चोकले १० वर्ष कैद सजाय सुनाएको छ। चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ साँगाचोकका विदुर गिरीलाई नाबालिका बलात्कारको अभियोगमा १० वर्ष कैद र ५० हजार जरिबाना सुनाइएको हो।

गत असार ३ गते चकलेट दिएर फकाई भतिजीलाई बलात्कार गरेका थिए। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले गिरीलाई १० वर्ष कैद र ५० हजार क्षतिपूर्ति तिराउन आदेश दिएको छ। पीडक शारीरिक अपाङ्गता भएका व्यक्तिसमेत हुन्।

यसरी खुल्यो रहस्य

बालिका बिरामी पर्न थालेपछि उपचारका लागि काभ्रेको धुलिखेल लगिएको थियो। उनको गुप्ताङ्ग पाकेको थियो। परीक्षणपछि चिकित्सकले बालिका बलात्कृत भएको पुष्टि गरे। बालिकालाई फकाएर सोधपुछ गर्दा पोल खुल्यो।

उनैको बयानलाई आधार मानेर गिरीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थाल्यो। सबै अनुसन्धान पूरा गरी प्रहरीले गत कात्तिक १२ गते जिल्ला आदालत चौतारामा मुद्दा दायर गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.