|

जुम्ला : साविकको छुमचौर गाविसको लौठचौरमा ५५ हजार वर्गमटिर एरियामा हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर बन्ने भएको छ। छुमचौर विश्वको सबैभन्दा उच्च भागमा धान फल्ने ठाउँ हो। समुद्री सतहबाट २ हजार ८ सय ५० मिटर उचाइमा हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर सञ्चालनमा आउन लागेको जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए।

अध्यक्ष श्रेष्ठले भने, ‘अब आउटडोर र इन्डोरका सबै गेम अब जुम्लामै गरिने छन्।’ क्रिकेट, भलिबल, एथ्लेटिक्स लगायतका सबै खेलकुदको प्रशिक्षण अब जुम्लामै गरिने उनको भनाइ छ। भलिबल प्रशिक्षक बरमबहादुर महतले जुम्लाले अन्तराष्ट्रियस्तरको खेलाडी जन्माउने बताए। यसले विदेशी खेलाडीहरुलाई पनि जुम्ला भित्र्याउने उनको भनाइ छ। एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकायाले जुम्लाका खेलाडीले हङकङ र स्वीजरल्याण्ड पुगेर नेपालको नाम राखिसकेको बताए। उनले भने, ‘हाई क्षेत्रमा दौडेको खेलाडीले लो क्षेत्रमा सजिलै दौड्न सक्छ, जुम्ला हाई क्षेत्र हो,’ उनले भने।

जुम्लाको लौठचौर ५५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले लौठचौरमा पुस ३ गते इञ्जिनियरलाई अध्ययन रिपोर्ट तयार गर्न पठाएको जनाए। उनले संभाव्यता अध्ययनका लागि ७ लाख रुपैयाँ छुटयाएर काम भइरहेको जानकारीसमेत दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.