|
फोटो– धामीको फेसबुक

अछाम : मोटरसाइकल दुर्घटनामा घाइते भएका पत्रकार तपेन्द्र धामीले उपचारका लागि सहयोगको अपिल गरेका छन्। मंसिर २३ गते अछामको विनायक भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएका थिए।

पत्रकार महासंघ अछामका सहसचिव धामीको उपचार नेपालगञ्जस्थित वेस्टर्न हस्पिटलमा गराइए पनि रकम अभावका कारण थप उपचार गर्न कठिनाइ भएको पारिवारतले बताएको छ। धामीको उपचारका लागि नेपाल पत्रकार महासंघले पत्रकार 'धामी बचाउँ अभियान' समेत सञ्चालन गरेको छ।

अभियानबाट महासंघ केन्द्रबाट १५ हजार र जिल्लाबाट १५ हजार गरी ३० हजार रुपैया र पञ्चदेवल विनायक नगरपालिकाबाट ४० हजार रुपैयाँ प्राप्त  भएको महासंघ अछामका कार्यवाहक अध्यक्ष खम्म खत्रीले बताए।

दुवै खुट्टा र एउटा हात भाँचिएका धामीको उपचारमा चार लाख रुपैयाँ खर्च हुने अस्पतालले बताएकाे परिवारले जानकारी दियो। धामीका अनुसार अहिलेसम्म दुई लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ । 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.