|

ओखलढुंगा :जिल्लाको सुनकोसी गाउँपालिका -१ साबिक बलखु-७ मा ट्रयाक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ। बिहीबार राती करिब ८ बजेतिर भएको उक्त दुर्घटनामा स्‍थानीय नवीन लुइँटेलको मृत्यु भएको छ। स्थानीय पुस्कर लुइँटेल र सिन्धुली फिक्कल ६ का झर्के राई गम्भीर घाइते भएका छन्।

बलखु भञ्जाङबाट बेसी झर्दै गरेको ना ६ त ४६९८ नम्बरको ट्रयाक्टर ओरालेबाटोमा गति बढी भएका कारण दुर्घटना भएको प्रतक्ष्यदर्शी ईश्वरी गिरीले बताए। घाइतेलाई उपचारको लागि काठमाडौं पठाइएको र मृतकको पोष्टमाटमको लागि जिल्ला सदरमुकाम ओखलढु‌ंगा लगिएको पनि गिरीले जानकारी दिए।

ट्रयाक्टर चालक भने फरार रहेको र खोजी कार्य तीव्र बनाइएको  प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.