विद्युतीय गाडीको सांकेतिक महत्त्वका लागि यो गाडी खरिद गरियो: डा. स्वर्णिम वाग्‍ले

|

काठमाडौं: सरकारले आफ्नै स्रोतबाट पहिलो पटक विद्युतीय गाडी किनेको छ। यसअघि सरकारले आफ्नो स्रोतबाट विद्युतीय गाडी खरिद नगरेको अवस्थामा योजना आयोगले सरकारी स्रोतबाट किनेको (बिवाइडी) विद्युतीय गाडी किनेको हो।

'हामीले पहिलो पटक आफ्नै स्रोतबाट विद्युतीय गाडी किन्न सफल भएका छौँ, विद्युतीय गाडीको सांकेतिक महत्त्वका लागि यो गाडी खरिद गरिएको हो' योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले गाडी सार्वजनिक गर्दै भने। राष्ट्रिय योजना आयोगले आयोगका पूर्वउपाध्यक्षहरु, विद्युतीय गाडी प्रयोगकर्ता, र  युवा नेता गगन थापा तथा रवीन्द्र अधिकारीको उपस्थितिमा शुक्रबार सार्वजनिक गरिएको हो।

बिवाइडी गाडीका लागि नेपालको आधिकारिक विक्रेता सिमेक्स इन्क प्रालिबाट गाडी खरिद गरिएको हो। बिवाइडी ४०० मोडेलको यो गाडी ६३ लाख रुपैयाँमा बिक्री गरिएको सिमेक्सका बजार अधिकृत मुकुन्दराज नकर्मीले बताए।

सिंहदरबारभित्रै रहेको योजना आयोगको भवनमा ब्याट्री चार्जको लागि चार्जर मेसिन राखिएको छ। एकपटक पूरा ब्याट्री चार्ज गर्नको लागि ३० मिनेको अवधि लाग्ने छ भने एक पूरा चार्ज गरेपछि ४ सय किलोमीटर गुडाउन सकिनेछ।

के–के छन् फाइदा?

विद्युतीय गाडी प्रयोगकर्ताहरूले नेपालमा यस्तै गाडीको आवश्‍यकता रहेको बताएका छन्। उनीहरूले विद्युतीय गाडीमार्फत क्रमश:  इन्धनबाट चल्ने गाडी कम गर्दै जानुपर्ने बताउँछन्। 'विद्युतीय गाडी राष्ट्रलाई, व्यक्तिलाई र वातावरण सबै तर्फबाट फाइदामा देखिन्छ' योजना आयोगका उपाध्यक्ष वाग्लेले भने।

विद्युतीय सवारीसाधन चलउँदा इन्धनको आवश्‍यकता नपर्ने भएको कारण देशको ठूलो व्यापार घाटा न्यून हुने पूर्व-अर्थसचिव रामेश्‍वर खनालले बताए।  इन्धन सवारीमा औसत एक किलोमिटरमा १२ रुपैयाँ खर्च हुनेमा विद्युतीयमा १ रुपैयाँ जति, पांग्राबाहेक अन्य पार्ट नबिग्रने र एकपटक ब्‍याट्री किनेपछि २० वर्षसम्म टिक्ने जस्ता फाइदा विद्युतीय साधनमा रहेको विद्युतीय गाडी प्रयोगकर्तासमेत रहेका खनालको अनुभव छ।

त्यस्तै, इन्धनबाट चल्ने सवारी झण्डै २ सय  प्रतिशत कर लाग्नेमा विद्युतीयमा जम्मा २३ प्रतिशत मात्रै रहेकोले पनि व्यक्तिको लागिसमेत फाइदा हुने उपाध्यक्ष वाग्लेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.